November 5, 2026, 10:40 am
» सापकोटा मोबाइल प्रकरणले ततायो राजनीति, पद्मा अर्यालले खोलिन् मुख! » नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार » अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित » प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ » ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

कार्तिक १९, २०८३ मा प्रकाशित | ३२०४ दर्शक तीव्रखबर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा समसामयिक घटनाक्रम, सरकारका पछिल्ला गतिविधि लगायत विषयमा गहन छलफल हुने बताइएको छ ।

बैठकले सरकारले बुधबार दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायत समसामयिक विषयमा पार्टीको धारणा बनाउने बुझिएको छ ।

कांग्रेसले यसअघि सरकारले पत्रकारहरूको पक्राउ र सञ्चारमाध्यममा गरेको धरपकड लगायत गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *