November 6, 2026, 2:58 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो ।

मङ्गलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन-एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन-एजेआर) एकापसमा ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।

समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा उपाय र सुधारका सुझावसमेत समितिले सिफारिस गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *