November 6, 2026, 1:30 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

कार्तिक १८, २०८३ मा प्रकाशित | २९०४ दर्शक तीव्रखबर

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको दैनिक सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ ।

वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरका अनुसार बुधबार दिल्लीका केही क्षेत्रमा हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको छ । यसले राजधानीको वायु गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको देखाएको छ ।

दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण प्रदूषण थप बढ्ने चिन्ता व्यक्त गरिएको छ । प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन र निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि तीन दिनपछि नै प्रदूषणको स्तर झन् बढेको हो ।

भारतको सर्वोच्च अदालतले दीपावलीमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ ।

भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयामको वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत छ । त्यस्तै, विभिन्न ग्यासबीच हुने रासायनिक प्रतिक्रियाबाट बन्ने माध्यमिक कणले कुल प्रदूषणको २७ प्रतिशत हिस्सा ओगटेको छ ।

विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग हुने मलबाट निस्कने अमोनियाले पनि माध्यमिक कण निर्माणमा योगदान पुर्‍याउँछ । अमोनियाले अन्य प्रदूषकसँग रासायनिक प्रतिक्रिया गर्दा वायु प्रदूषण थप जटिल बन्ने उनको भनाइ छ ।

द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *