November 7, 2026, 4:29 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक

कार्तिक १८, २०८३ मा प्रकाशित | ३२०४ दर्शक तीव्रखबर

बाजुरा- बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै तिहारका समयमा प्लास्टिकबाट निर्मित फूल, माला तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो । साथै स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र सर्वसाधारणलाई अनुरोध गरेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले निर्णयविपरीत प्लास्टिकजन्य वा गुणस्तरहीन फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गर्ने चेतावनीसमेत दिएको छ ।

नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गरी उनीहरूको आम्दानीको स्रोत सुनिश्चित गर्न प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक लगाइएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *