November 5, 2026, 10:40 am
» सापकोटा मोबाइल प्रकरणले ततायो राजनीति, पद्मा अर्यालले खोलिन् मुख! » नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार » अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित » प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ » ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कार्तिक १८, २०८३ मा प्रकाशित | २९०४ दर्शक तीव्रखबर

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटघाटमा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ । यस्तै, उनीहरुबीच समसामयिक विषय, सरकारको कार्यशैली र विकसित घटनाक्रमबारे छलफल भएको बताएको छ ।

मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन गत असोज २५ गते फिर्ता लिएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेशमा जनता समाजवादी पार्टीका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *