November 7, 2026, 3:20 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

कार्तिक १४, २०८३ मा प्रकाशित | ४६०४ दर्शक तीव्रखबर

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिँदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।

यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *