October 26, 2026, 8:44 am
» एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किदै » उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते » दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो » वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो- गगन थापा » अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

जुवा तास खेलिरहेका आठ जना पक्राउ

कार्तिक ९, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *