October 26, 2026, 9:26 am
» बुद्धको अस्थिधातु दर्शनका लागि खुला » सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार » सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट » एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किदै » उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

कार्तिक ९, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

उदयपुर । उदयपुरको कटारी नगरपालिका –०४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्

प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको उपचार कटारी अस्पतालमा भइरहेकोमा जिल्ला उदयपुर कटारी न.पा. -०२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगरलाई भने थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

जिप चालक सामान्य घाइते भएकोले उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *