तीव्रखबर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।
श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान राष्ट्रिय टिमले फिर्ता बोलाएको हो ।
पाकिस्तान र श्रीलङ्का बीचको एकदिवसीय खेल अक्टोबर ३१ मा सकिएपछि उनी पुनः एनपीएल खेल्न आउने बताइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले एनपीएल खेल्न प्रति खेलाडी २५ हजार डलर मागेपछि पाकिस्तानी खेलाडीहरुले खेल्ने नखेल्ने अनिश्चित भएका बेला फरहान फर्किने भयेअका छन् ।
कर्णाली याक्सले पाकिस्तानका अर्का खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ ।
प्रतिक्रिया