October 26, 2026, 8:44 am
» एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किदै » उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते » दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो » वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो- गगन थापा » अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !

कार्तिक ९, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ ।

आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ ।

पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो ।

पाकिस्तान बोर्डले राखेको शर्त पुरा गर्न फ्रेन्चाइजहरुले नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सहजीकरणको प्रयास गरेपनि सफल नभएको बताइएको छ । यस्तो अवस्थामा पाकिस्तानी खेलाडी एनपीएल खेल्न नसक्ने अवस्था बनेको बताइएको छ । क्यानले अन्तिम निर्णय गर्ने अधिकार फ्रेन्चाइजीलाई दिएको भएपनि टिमले अतिरिक्त २५ हजार डलर तिर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

यस सिजनका लागि सुदूरपश्चिम रोयल्सले हैदर अलीलाई, कर्णाली याक्सले  साहिबजादा फरहान र हुसेन तलातलाई, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई तथा चितवन राइनोजले मोहमद नवाज, हसन अली र उसमा मीरलाई भित्र्याएका छन् ।

पाकिस्तान बोर्डले यसअघि एनओसी दिएका खेलाडीको अनुमति तत्कालका लागि रोकिएको बताइएको छ । पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् भने अन्य खेलाडी विवाद भएपछि नेपाल आउने नआउने अनिश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *