October 26, 2026, 8:47 am
» सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट » एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किदै » उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते » दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो » वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो- गगन थापा

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कार्तिक ९, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८३–०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते खुवाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।

भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *