October 24, 2026, 8:10 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

कार्तिक ६, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बिहीबार जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक गतिविधि मानवता र मानवीय मूल्य९मान्यता विपरीत रहेको उल्लेख गरिएको छ । कांग्रेसले यस्ता घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै नेपाल सम्बन्ध नै नरहेको बाह्य द्वन्द्वमा नेपाली नागरिकले अनाहकमा जीवन गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको बताएको छ ।

घटनाप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनाहकमा एक मात्रै पनि नेपालीको जीवन गुम्नु अत्यन्तै पीडादायी भएको भन्दै दिवंगत नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति थापाले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न थप गम्भीर पहलकदमी लिन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेको खण्डमा त्यहाँ रहेका नेपाली नागरिकहरूको तत्काल उद्धारको उचित प्रबन्ध मिलाउनसमेत सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमार्फत कांग्रेसले शोकको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यो पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *