October 24, 2026, 3:14 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

कार्तिक ७, २०८३ मा प्रकाशित | ४०४ दर्शक तीव्रखबर

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ।

डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ।

शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। डब्ल्यूएचओका अनुसार यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो। गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा समेत यसको सङ्क्रमण देखिएको छ।

विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) का अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन्। यसले जन्मिने बाच्छाबाच्छीमा जन्मजात असामान्यता पनि निम्त्याउन सक्छ।

यसअघि शामोन्डा भाइरसका अधिकांश घटना अफ्रिका र जापानमा देखिएका थिए। सन् २०२६ को गर्मीयाममा जर्मनीको दक्षिणी क्षेत्र र स्विट्जरल्यान्डका गाईवस्तुमा यो भाइरस पहिचान भएपछि युरोपमा पनि यसको उपस्थिति देखिएको हो। त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ।

कसरी सर्छ भाइरस?

यो भाइरस मुख्यतः कुलिकोइडिस नामक सानो उड्ने किराको टोकाइबाट जनावरमा सर्छ। यो किरा झिँगाजस्तै देखिन्छ। भाइरसको सङ्क्रमण फैलाउने किराको ठ्याक्कै प्रजाति पहिचान गर्न थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ।

सामान्य अवस्थामा एउटा जनावरबाट अर्को जनावरमा यो भाइरस सर्ने गरेको प्रमाण छैन। तर, सङ्क्रमित गर्भवती जनावरबाट गर्भमा रहेको भ्रूणमा भने सङ्क्रमण सर्न सक्छ।

शामोन्डा  भाइरस अर्थोबुन्याभाइरस समूहमा पर्ने भाइरस हो। यो समूहका भाइरसको प्रकोप किराको मौसमी गतिविधिअनुसार चक्रमा देखिन सक्ने विश्व पशु स्वास्थ्य सङ्गठनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *