तीव्रखबर
काठमाडौ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावका कारण देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भूभागका साथै तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया