October 24, 2026, 8:09 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा

कार्तिक ६, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने भएका छन्।

लामिछाने धनगढी हुँदै भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँछी धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने तय भएको विज्ञप्तिमा उल्लेख छ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *