October 13, 2026, 12:02 pm
» परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता » कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित » पनामामा भूकम्पपछि आपतकाल घोषणा » नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार » प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार

अशोज २७, २०८३ मा प्रकाशित | २६०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७  कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सगरमाथा जलविद्युतको शेयर १२.४४ प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि योजनाको शेयर पनि ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी  घलेम्दी हाइड्रोको ३६ करोड ४७  लाख बराबरको कारोबार भएको छ भने माउन्टेन इनर्जीको २५  करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *