October 14, 2026, 2:03 pm
» नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार » स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु » लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य » मनसुन पूर्णरूपमा बाहिरियो » एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

अशोज २७, २०८३ मा प्रकाशित | १८०४ दर्शक तीव्रखबर

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो ।

बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *