तीव्रखबर
काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि आइतबारदेखि नै सवारी आवागमन ठप्प भएको छ। यातायात सेवा तत्काल सञ्चालनमा ल्याउन बेलिब्रिज जडानको तयारी गरिएको हो।
नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिनेछ। निर्माण कार्यका लागि नेपाली सेनाको प्राविधिक टोलीसमेत आरुघाट पुगिसकेको छ।
नेपाली सेनाले सिभिल वर्कभएपछि मात्र काम सुचारु हुने बताएको छ भने काम सुरू भएको दुई दिनमा बेलिब्रिज तयार हुने छ।
प्रतिक्रिया