October 14, 2026, 2:03 pm
» नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार » स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु » लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य » मनसुन पूर्णरूपमा बाहिरियो » एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

अशोज २७, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९, रतनपुरका २१ वर्षीय आशिष विष्टलाई गत असोज २३ गते अपराह्न ४ बजे खजुवा जंगलमा लगेर खुकुरी देखाउँदै धम्क्याएर कुटपिट गरिएको थियो।

घटनाबारे असोज २४ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९, रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिवारी रहेका छन्।

उनीहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *