October 12, 2026, 6:35 am
» नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च » सुनचाँदीको मुल्य घट्यो » सडक खन्ने क्रममा सुक्खा पहिरो: एक्काभेटरसहित चालक पुरिए, सह-चालक घाइते » पार्टी रूपान्तरणमा इमानदारीपूर्वक काम गर्छु- उदयशमशेर राणा » काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने

पार्टी रूपान्तरणमा इमानदारीपूर्वक काम गर्छु- उदयशमशेर राणा

अशोज २६, २०८३ मा प्रकाशित | २८०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ महामन्त्री पदमा विजयी उदयशमशेर राणाले आफूलाई मत दिएर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।

राणाले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, सङ्गठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै साथीप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् ।

‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार भए पनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता हुन्छ,’ राणाले भनेका छन् । उनले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *