October 12, 2026, 3:29 am
» बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध » कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि » यस्तो छ आजको विदेशी विनिमयदर » आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै » कांग्रेस महाधिवेशन: महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

अशोज २६, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।

हालसम्म गणना भएको १ हजार ६८९ मतमा खतिवडाले ७६८ मत प्राप्त गरेर सबैभन्दा अगाडि रहेका छन् । यस्तै, अर्का उम्मेदवार अजयबाबु सिवाकोटीे ५४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । सहमहामन्त्री पदमा खुला तर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ।

यसैगरी, डिल्लिराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *