September 28, 2026, 9:50 pm
» म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते » पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति » दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति » ‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग » नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु

‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग

अशोज १२, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

काठमाडौँ, ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। 

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले चीन जोड्ने रसुवागढी र कोरला नाका अवरुद्ध हुँदा व्यापारीहरूका हजारौँ कन्टेनरहरू अलपत्र परेको र चीनतर्फको कनेक्टिभिटी पूर्ण रूपमा ठप्प भएको बताए। 

“अहिलेको अवस्थामा तत्कालै सहज रूपमा सञ्चालन गर्न सकिने नाका तातोपानी नाका मात्र हो,” पराजुलीले भने, “चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन नेपाल सरकारले कूटनीतिक पहल गरी तातोपानी नाका सकेसम्म छिटो सञ्चालनमा ल्याउनुपर्छ।” 

‎उनले सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तातोपानी नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक कदम चाल्न आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *