तीव्रखबर
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बिना पक्राउ पुर्जी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरिएको विषयमा प्रश्न गर्दै गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरेका थिए ।
उनले भने- ‘यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदा सदाको पेवाजस्तो सरकार चलाउन पाइदैन । कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन ? के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ?’
यस घटनाले सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताउदै सांसद दुलालले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्न गरेका छन् ।
उनले विगतमा पनि पूर्व प्रधानमन्त्रीलाई सरकार बनेको पहिलो दिन नै घर घेराउ गरेर राति पक्राउ गरियो भने अहिले प्रधानसेनापतिलाई पनि त्यसैगरी पक्राउ गरिएको भन्दा जनतालाई जवाफ दिनुपर्ने र संबिधान अनुसार देश चलाउनुपर्ने बताए ।
प्रतिक्रिया