November 7, 2026, 3:20 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

नेप्से ३६ अंकले घट्यो, ६ अर्ब ३५ करोडको कारोबार

अशोज ७, २०८३ मा प्रकाशित | ७५०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ५.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयरमा ८.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *