September 10, 2026, 8:30 am
» सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा » प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश » भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला

तरकारीको विषादी परीक्षण बढाइँदै

भदौ २५, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

चितवन। किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो ।

यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो ।

सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका (उपभोग्य) एक हजार १५८ नमुना छन् ।

यस्तै, १० वटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ । यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चार वटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि बिर्सजन गरिएको उहाँले जानकारी दिनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी बिर्सजन गरिएको हो ।

आव २०८१/८२ मा प्रयोगशालाले ९०७ तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा बिर्सजन गर्नुपर्ने पाँच वटा, केही दिनपछि उपभोग गर्न सकिने आठ वटा र उपभोग गर्न सकिने ८९४ वटा नमुना रहेका थिए ।

यस्तै, आव २०८०/८१ मा ५९० नमुनाको परीक्षण गरिएको थियो । चार वटा नमुना बिर्सजन गर्नुपर्ने, नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ वटा नमुना उपभोग्य भेटिएको थियो ।

यस प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारीको तथा फलपूmलमा बढीमात्रामा विषादी परीक्षण गर्ने गरिन्छ ।

कँडेलका अनुसार परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बिक्री गर्न ल्याउनेक्रम घटेको छ । किसानलाई विषादी प्रयोग गरेसँगै मानव स्वास्थ्यमा असर पर्नेगरी बजारमा नल्याउन सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *