September 10, 2026, 9:13 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला

भदौ २५, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३७७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३७७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७८, नुवाकोटमा १९८, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३० जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीनमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् ।
प्राधिकरणले अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *