September 10, 2026, 9:13 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग

भदौ २५, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

काठमाडौं । सप्तरीको राजविराजमा सडकमै महिलाले बच्चा जन्माएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनामा सरकारको ध्यानाकर्षण गराउदै स्वास्थ्यमन्त्रीको जवाफ मागेका हुन् ।
उनले राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएको जानकारी दिदै सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी महिलाले पैसा नभएका कारण अस्पतालले भर्ना नलिएको र त्यसपछि महिलासँग २५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *