September 10, 2026, 8:29 am
» किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा » प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश » भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला » ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

बाजुरामा खोलाले बगाएका किशोर मृत फेला

भदौ २५, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

बाजुरा, । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्। 
बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्। यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो।
उनी बुधबार मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए। बेपत्ता भएका सिंह बगाएको ठाउँदेखि करिब एक किलोमिटर टाढा गडखेतमा मृत भेटिएका हुन्। उनको शव परीक्षणका लागि कोल्टी अस्पताल ल्याइँदै छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *