तीव्रखबर
काठमाडौं । बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि विद्यार्थीहरूले सडकमा दाउरा बालेर खाना पकाउँदै सांकेतिक प्रदर्शन गरेका छन्।
नेकपा निकट विद्यार्थी संगठनका कार्यकर्ताले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा आम उपभोक्ताले भोगिरहेको समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारण परम्परागत इन्धन प्रयोग गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले बजारमा ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गरी उपभोक्ताले भोग्दै आएको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिक्रिया