September 10, 2026, 8:30 am
» किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा » प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश » भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला » ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

देउवाको दाबी– ‘सर्वोच्चले न्याय दिन्छ’, ‘अब महाधिवेशनमा जाऔँ’!

भदौ २४, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

भक्तपुर — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३औँ बीपी जयन्तीको अवसरमा भक्तपुरमा आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा बोल्दै देउवाले सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका हुन्।

देउवाले रसुवाको भोटेकोशी बाढीमा परेकाहरूको तत्काल उद्धार तथा राहतका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विनोद कायस्थ र सुरेन्द्र श्रेष्ठलगायतले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

उनीहरूले कांग्रेसलाई विधिसम्मत रूपमा अघि बढाउन नियमित महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *