September 10, 2026, 8:31 am
» सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा » प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश » भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

भदौ २४, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको खोजी कार्य जारी छ ।

सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य जारी छ ।

बेपत्ता भएकामध्ये अन्य जिल्ला स्थायी ठेगाना भएर ललितपुर बस्ने ९९ जना छन् । जसमा ८१ पुरुष, १७ महिला र एक बालक छन् । बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक हराइरहेका छन् । बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक छन् । जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन् ।

यस्तै बाढीमा परी घाइते भएका २४ जना ९२० पुरुष, तीन महिला र एक बालिका०मध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । एक जना पुरुषको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिए ।

बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना ९एक महिला र एक पुरुष० को शव परिवारको जिम्मा लगाइएको प्रजिअ घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *