September 10, 2026, 8:30 am
» सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा » प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश » भोटेकोशी बाढीपछि अहिलेसम्म १३७७ जनाको शव फेला

रवि लामिछानेले भने- पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु

भदौ २४, २०८३ मा प्रकाशित | ११०४ दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए ।
संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय, स्थानीय तह र सबै स्थानीयप्रति कृतज्ञता व्यक्त गर्दै उनले सरकारले विपतिपछि तत्काल आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए । सरकारले बढी पिडितलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको सबै जिम्मा लिएको बताउदै बाढी पिडित स्थानीय तहमा संकटकाल घोषणा गरेर राहत, उद्धार र पुनर्स्थापनामा काम शुरु गरेको बताए ।
विपदमा सरकार कहाँ छ भन्ने प्रश्न उठेको भन्दै अहिले राज्य सुरुङमा फसेका नागरिकको जीवन बचाउन लागिरहेको, बाढीले बगाएका पुल र सडक बनाउन लागिरहेको बताए । सिमित साधन र स्रोतका बाबजुत सरकार नागरिकको सेवामा लागि रहेको बताए ।
लामिछानेले विपदबाट पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै यो सरकार र पार्टीप्रतिको भरोसा भएको बताए । त्यस्तै उनले विपदमा परेका नागरिकको चित्कारमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नेलाई पार्टीले साधारण सदस्यबाट निष्कासित गरिने चेतावनी दिए ।
साथै उनले संकटको बेला विपक्षी दलका नेताहरुले सरकारको साथमा रहेको बताएर उत्कृष्ट राजनीतिक संस्कार देखाएको बताए । साथै लामिछानेले केहि दिनमा विपदग्रस्त क्षेत्रमा जनताका कुरा सुन्न जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *