October 21, 2026, 10:15 am
» दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे » आईजीपी कार्कीले गरे बडादसैंको मौलो पूजा, प्रहरी हवल्दारद्वय पुरस्कृत ! » जनताको ज्यान जोखिममा, सरकार बेखबर : मृत्युको पासो बन्दै अग्ला संरचना !

सिन्धुलीमा ७५ प्रतिशत रोपाइँ

असार ३०, २०८१ मा प्रकाशित | २३७०४ दर्शक तीव्रखबर

सिन्धुली : सिन्धुली जिल्लामा यो वर्ष असारको अन्तिमसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ। यो वर्ष समयमा नै मनसुन सुरु भएकाले असारको अन्तिम सातासम्ममा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तीनपाटन गाउँपालिकामा ९१ प्रतिशत,फिक्कल गाउँपालिकामा ७५ प्रतिशत, घ्याङलेख गाउँपालिकामा ५० प्रतिशत, गोलन्जोर गाउँपालिकामा ६० प्रतिशत धान रोपाई सम्पन्न भएको छ।

कमलामाई नगरपालिकामा ६१ प्रतिशत, मरिण गाउँपालिकामा ७६ प्रतिशत, हरिहरपुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा ६० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।  कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालका अनुसार महाभारत उत्तरतिरका केहि भाग र फाँटका केही भागबाहेक जिल्ला भरिनै किसानले रोपाइ गरिरहेका छन्। पानी नलाग्ने खेतबारीमा समेत निरन्तरको वर्षाले किसानलाई साथ दिएको छ।

सिन्धुलीमा कूल खेती योग्य जमिन ६९ हजार २ सय ५३ हेक्टर रहेको छ। सिन्धुली जिल्लाको कुल जमिनमध्ये धान खेतीयोग्य जमिनको क्षेत्रफल २२ हजार ३९४ दशमलव ९ हेक्टर रहेको छ। त्योमध्ये पनि वर्षे धान खेती हुने जमिनको क्षेत्रफल १५ हजार नौ सय हेक्टर रहेको छ।

गत वर्ष जिल्लामा १४ हजार ७६४ हेक्टर जमिनमा धान खेती भएको हेक्टर जमिनमा धान खेती भएको कार्यालयको तथ्यांक रहेको छ। दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेको जिल्लामा धान खेतीका लागि सुनकोसीगढतिर, कमलाखुजँ, मरिण, र तीनपाटन  क्षेत्र अब्बल मानिन्छन्। जिल्लामा सबैभन्दा बढी साबित्री र रामबिलास जातको धानको खेती हुन्छ।

यस वर्ष समयमा मल र सिँचाई पुगेकाले किसानहरुले समयमा रोपाई गरेका हुन्। आगामी साउन दोस्रो सातासम्ममा जिल्लामा कम्तिमा ९० प्रतिसत रोपाई सकिने अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *