November 6, 2026, 1:34 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

एलपी ग्यास उद्योग संघद्वारा नुवाकोटलाई १०० थान भरिएका ग्यास सिलिन्डर सहयोग

भदौ ११, २०८३ मा प्रकाशित | ८२०४ दर्शक तीव्रखबर

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा दैनिक उपभोग्य सामग्रीमा सहयोग पुर्‍याउने उद्देश्यले एलपी ग्यास उद्योग संघ नेपालले नुवाकोटमा १०० थान भरिएका एलपी ग्यास सिलिन्डर सहयोग गरेको छ।

संघले जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई १४.२ केजी क्षमताका १०० थान भरिएका ग्यास सिलिन्डर राहत सहयोगस्वरूप उपलब्ध गराएको हो। साथै ४ थान चुलो समेत उपलब्ध गराएको छ ।

संघले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको दैनिक जीवनमा केही राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ।

एलपी ग्यास उद्योग संघ नेपालका अनुसार बाढी प्रभावित नागरिकलाई राहत वितरणका क्रममा आवश्यक पर्ने भएकाले उक्त ग्यास सिलिन्डरको उचित व्यवस्थापन गरी प्रयोगमा ल्याउन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरिएको छ।

संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा उक्त सहयोग नुवाकोट प्रशासनलाई उपलब्ध गराइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *