November 6, 2026, 2:19 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

दश वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

भदौ ४, २०८३ मा प्रकाशित | ६५०४ दर्शक तीव्रखबर

धनुषा — नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साबिक मिथलेश्वर महुवाही गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न भएको थियो। नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

नापी कार्यालय धनुषाका अनुसार विगतमा आयोगमार्फत नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ३१० थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले पुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा सुनिश्चित भएको छ। यससँगै उनीहरूलाई जग्गाको स्वामित्वसम्बन्धी प्रमाण प्राप्त हुनुका साथै भविष्यमा जग्गा कारोबार तथा अन्य कानुनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *