November 6, 2026, 2:16 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

कोशीमा कांग्रेसको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

भदौ ३, २०८३ मा प्रकाशित | ६७०४ दर्शक तीव्रखबर

विराटनगर — सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो। यसअघि कांग्रेसको सहकार्यमा रहेको प्रदेश सरकारमा अहिले नेकपा एमाले र नेकपाको सहभागिता रहेको छ।

नयाँ राजनीतिक समीकरण बनेपछि सरकारलाई समर्थन कायम राख्नु उपयुक्त नभएको निष्कर्ष निकाल्दै कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार अब कांग्रेस प्रदेशसभामा प्रतिपक्षमा रहेर सरकारका कामकारबाहीमा भूमिका निर्वाह गर्नेछ।

यससँगै कोशी प्रदेशमा सत्ता र प्रतिपक्षको समीकरण थप स्पष्ट भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *