October 25, 2026, 12:12 pm
» एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का » सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु » विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति » काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना » बैतडीमा भूकम्पको धक्का महसुस

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

भदौ २, २०८३ मा प्रकाशित | ४३०४ दर्शक तीव्रखबर

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोलाई बिदाइ भेट गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री खनालले नेपाल-युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट प्राप्त सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गरिन् ।
राजदूत लोरेन्जोले आजै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।
राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *