October 24, 2026, 6:18 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ११० जना घाइते

भदौ २, २०८३ मा प्रकाशित | ३५०४ दर्शक तीव्रखबर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जना, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २६ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, सुदूरपश्चिममा ११ जना र कर्णालीमा ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *