October 24, 2026, 6:18 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३ मा प्रकाशित | ७१०४ दर्शक तीव्रखबर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ प्राप्त गरेका थिए ।
हाल कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक रहेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा २६ मत परेको थियो ।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । जसपा नेपालले केन्द्रबाट विश्वासको मत नदिने निर्णय गर्दै निर्देशन दिएपनि सांसदहरुले सो निर्णय अस्वीकार गर्दै सरकारलाई साथ दिएका छन् ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *