October 24, 2026, 6:18 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिदैँ

भदौ १, २०८३ मा प्रकाशित | ५३०४ दर्शक तीव्रखबर

हेटौंडा, । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
 
नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन ।
 
अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन लागेका हुन ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। अब आफ्नो सरकार टिकाउनका लागि बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेससँग ३६ सांसद मात्रै बाँकी रहेका छन भने हाम्रो नेपाली पार्टी (हानेपा)को थप २ सिटसहित बानियाँसँग अब मात्र ३८ सिट रहेको छ ।

बहुमत पु¥याउन थप १५ सांसद आवश्यक पर्ने भए पनि मुख्यमन्त्री बानियाँले  एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहेकका दलसँग छलफल अघि बढाएको छ।  तर, कांग्रेस र बामपन्थी दुवैतिर नखुलेका राप्रपाको १२ र नेमकिपाको ३ सिट रहेको छ, दुवै दलले समर्थन गरेमा बानियाँ सरकार टिक्नेछ नभए उनको नेतृत्वको सरकार ढल्नेछ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *