October 24, 2026, 6:17 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

रोबोटिक सर्जरी र एआई उपचारमा अपोलोको नयाँ प्रविधि सार्वजनिक

साउन ३१, २०८३ मा प्रकाशित | ५८०४ दर्शक तीव्रखबर

काठमाडौं — भारतको अपोलो अस्पतालले प्लास्टिक सर्जरी, रोबोटिक शल्यक्रिया र कृत्रिम बौद्धिकता (एआई) मा आधारित उपचार प्रविधिबारे काठमाडौंमा जानकारी दिएको छ।
काठमाडौंको होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकहरूले पछिल्लो समय उपचार प्रविधिमा भएको विकास र त्यसबाट बिरामीलाई पुगेको लाभबारे जानकारी दिए।

प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंहले प्लास्टिक सर्जरी सौन्दर्य उपचारमा मात्र सीमित नभएको बताए। उनका अनुसार दुर्घटना, क्यान्सरको शल्यक्रियापछि पुनर्निर्माण, जन्मजात समस्या तथा गम्भीर रूपमा जलेका बिरामीको उपचारमा पनि यसको महत्वपूर्ण भूमिका छ।

जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले रोबोटिक शल्यक्रिया र एआईको प्रयोगले जटिल शल्यक्रियालाई थप सटिक बनाउन तथा रोग पहिचान र निदानलाई छिटो बनाउन सहयोग गरिरहेको बताए।

डा. सिंहका अनुसार पछिल्लो एक दशकमा गम्भीर रूपमा जलेका बिरामीको उपचारमा पनि उल्लेख्य प्रगति भएको छ। शरीरको ६० देखि ७० प्रतिशतसम्म भाग जलेका बिरामीको उपचार चुनौतीपूर्ण भए पनि दुर्घटनापछि पहिलो २४ देखि ३६ घण्टाभित्र उचित उपचार पाए बाँच्ने सम्भावना बढ्ने उनले बताए।

आधुनिक घाउ व्यवस्थापन, छाला प्रत्यारोपण तथा पुनर्निर्माण प्रविधिको विकासले गम्भीर जलनका बिरामीको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको चिकित्सकहरूले बताएका छन्।

अपोलो अस्पतालले नेपाललगायत क्षेत्रका बिरामीलाई विशेषज्ञ उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *