October 25, 2026, 12:09 pm
» एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का » सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु » विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति » काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना » बैतडीमा भूकम्पको धक्का महसुस

मन्त्री लम्साल अस्वस्थ, बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइयो

साउन ३१, २०८३ मा प्रकाशित | ६००४ दर्शक तीव्रखबर

काठमाडौं। सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइएको छ।

आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो। उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए। तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ। उनलाई धनगढीबाट काठमाडौं लगिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *