October 24, 2026, 6:17 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

साउन ३१, २०८३ मा प्रकाशित | ६८०४ दर्शक तीव्रखबर

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ । बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले भारी वर्षको सम्भावना रहेकाले ती क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिए ।

उनले पहाडी र तराई क्षेत्रका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको बताए ।

सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ । सोमबार दिउँसो यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यकता अपनाउन मौसम विज्ञान कार्यालय अत्तरियाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *