October 24, 2026, 6:17 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

साउन ३०, २०८३ मा प्रकाशित | ५७०४ दर्शक तीव्रखबर

भद्रपुर । बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका झापाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११, दुधेका ५६ वर्षीय हर्कधन सेवा रहेका छन्। उच्च अदालत विराटनगर, इलाम इजलासले चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा सेवामाथि उक्त जरिवाना सजाय तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार सेवालााई घरनजिकैबाट पक्राउ गरेको हो।

पक्राउ परेका सेवालााई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *