November 7, 2026, 3:20 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

रोमानियामा रेलले किच्दा दुई नेपालीको घटनास्थलमै मृत्यु

साउन १९, २०८३ मा प्रकाशित | ६३०४ दर्शक तीव्रखबर

काठमाडौं – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिट क्षेत्रमा मंगलबार बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले दुई जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनापछि उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल तथा मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। तर, उद्धारकर्मी पुग्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो।

बकाउ प्रहरीले जारी गरेको विज्ञप्तिमा, “रेलको ठक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै संकेत थिएन। स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई घटनास्थलमै मृत घोषणा गरेको छ,” भनिएको छ।

प्रारम्भिक जानकारीअनुसार मृतक नेपाली नागरिक भएको पुष्टि भए पनि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।

उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना कुन परिस्थितिमा भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *