October 1, 2026, 7:49 am
» मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृत्यु » प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता » ‘भवनसँगै मेरो इतिहास पनि बग्यो’ : बाढीले वडा कार्यालय बगाएपछि वडाध्यक्षको पीडा » अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु » ‘कुरा त्यही हो हजुर’ भन्दै बसे सांसद राई, संसदमा छुट्यो हाँसो!

सलमानले सुनाए जेल जीवनका अविस्मरणीय पीडा

साउन १८, २०८३ मा प्रकाशित | ६४०४ दर्शक तीव्रखबर

‘एउटै शौचालय ५०–७० जनाले प्रयोग गर्थ्यौं’ : सलमान खानले सुनाए जेल जीवनका पीडादायी अनुभव

काठमाडौं। बलिउड अभिनेता सलमान खानले आफ्नो जेल जीवनका कठिन अनुभव पहिलोपटक खुलेर साझा गरेका छन्। प्राइम भिडियोमा प्रसारण भइरहेको रियालिटी शो **’अलायंस’**मा आफ्ना भाइ सोहेल खानलाई समर्थन गर्न पुगेका सलमानले प्रतियोगीहरूसँग कुराकानी गर्दै जेलमा बिताएका दिनहरू सम्झिएका हुन्।

सलमानका अनुसार जेलको कोठा अत्यन्त साँघुरो थियो, जहाँ ५० देखि ७० जनासम्मले एउटै शौचालय प्रयोग गर्नुपर्थ्यो। उनले भने, “हामी बस्ने ठाउँ सानो थियो। अगाडि फलामका सलाखहरू थिए। भारतीय शैलीको शौचालय थियो, जहाँ कहिलेकाहीँ छेपारोसमेत देखिन्थ्यो।”

सलमान सन् १९९८ को कालो हरिण (ब्ल्याकबक) शिकार प्रकरणसँग सम्बन्धित मुद्दाका कारण विभिन्न समयमा जेल पुगेका थिए। उक्त मुद्दामा उनी १९९८, २००६, २००७ र २०१८ मा केही दिन हिरासत तथा जेलमा बसेका थिए।

यता, शोमा सोहेल खान कठिन परिस्थितिबाट गुज्रिरहेका देखिएका छन्। उनकी पूर्वपत्नी सीमा सजदेह शोबाट बाहिरिएपछि उनले अन्य प्रतियोगीसँग गठबन्धन बनाउन कठिनाइ भोगेका थिए। त्यसपछि निराश बनेका सोहेलले शो छाड्ने संकेतसमेत गरेका थिए। केही समयका लागि उनलाई मुख्य सेटबाट बाहिर लगिएको थियो।

‘अलायंस’ रियालिटी शोको ग्रान्ड फिनाले अगस्ट ७ मा प्रसारण हुने तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *