September 16, 2026, 7:28 am
» मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी » तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै » भोटेकोशी बाढी अपडेट: १ हजार ४०३ जनाको शव फेला » सर्वदलीय बैठक जारी » एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दक्षिण कोरियामा सेवारो सांगीतिक सौगात, यी कलाकारको प्रस्तुति रहने

भदौ ३०, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौं । यही आउँदो सेप्टेम्बरमा २५ मा दक्षिण कोरियामा नेपाली कलाकारहरुको विशेष प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । किराँत याक्थुङ चुम्लुङ, बुसान शाखाको आयोजनामा ‘सेवारो सांगीतिक सौगात’ नामक सांगीतिक कार्यक्रम हुन लागेको हो ।

यो कार्यक्रम दक्षिण कोरियाको पर्वहरु मध्येको एक ‘छुसक’को अवसर पारेर गर्न लागिएको आयोजक संस्थाको भनाइ रहेको छ । कार्यक्रमको आयोजनाबाट प्राप्त हुने रकम आपतकालीन राहत कोष तथा सेल्टरको सहयोगको लागि खर्च गरिने छ ।

यस कार्यक्रममा गायक षडज लिम्बु सम्बाहाम्फे, एकदेव लिम्बु एण्ड ब्याण्ड तथा गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिने भएका छन् भने सृजना लिङ्लेकुले प्रस्तोताको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यसका साथै स्थानीय कलाकारहरु अर्जुन सुब्बा, हेमन्त गुरुङ, संगम सेर्मा, प्रमी राई, तुफान मगर र प्रकाश गिरी लगायतको पनि प्रस्तुति रहने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *