November 6, 2026, 1:30 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

कानुन सबैका लागि बराबर: मुख्यमन्त्री शाहलाई ट्राफिकको कारबाही

असार १८, २०८३ मा प्रकाशित | १७९०४ दर्शक तीव्रखबर

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि प्रचलित कानुनअनुसार ५०० रुपैयाँ जरिवाना तिराइएको हो।

ट्राफिक प्रहरी प्रमुख रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवास पुगेर नियमअनुसार जरिवाना असुल गरेको जनाएको छ।

ट्राफिक प्रहरीले हेलमेटको प्रयोग सबै मोटरसाइकल चालकका लागि अनिवार्य रहेको उल्लेख गर्दै कानुन कार्यान्वयनमा कुनै पनि व्यक्तिलाई विशेष छुट नदिइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *