November 6, 2026, 2:16 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

आजको मौसमः लुम्बिनी र सुदुरपश्चिमका भु भागमा बर्षा हु्ने

जेष्ठ २०, २०८३ मा प्रकाशित | १६८०४ दर्शक तीव्रखबर

काठमाडौं, । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल, कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लागेको छ।
 
दिउँसो  देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू(भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश  प्रदेशमा तथा  कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन  हुने सम्भावना रहेको छ।
 
राती भने देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकीप्रदेशको  हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । 
 
देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ साथै मधेश  प्रदेशमा तथा  कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *