November 6, 2026, 2:16 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

चैत्र ३०, २०८२ मा प्रकाशित | २६१०४ दर्शक तीव्रखबर

भक्तपुर  / हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु-पारिवारिक भेटघाट कार्यक्रम साहित्यकार गणेश घिमिरे “मर्मिक” को अध्यक्षतामा भक्तपुरको कौशलटारमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा “ज्येष्ठ नागरिक सम्मान, हाम्रो अभियान” अन्तर्गत प्रमुख अतिथि तारानाथ घिमिरेलाई “ज्येष्ठतम पुरुष सम्मान” प्रदान गरिएको थियो । त्यसैगरी ९४ वर्षीया चेली मनकुमारी निरौलालाई “ज्येष्ठतम चेली सम्मान” तथा इन्दिरा घिमिरेलाई “ज्येष्ठतम महिला सम्मान (पन्ध्रौँ पुस्ता)” प्रदान गरिएको आयोजकले जनाएको छ ।

वंशावली प्रकाशनमा विशेष सहयोग पु¥याउने सम्पादक पशुपति घिमिरेलाई “विद्वत् सम्मान” तथा कार्यक्रमका सभाध्यक्ष एवं वंशावली सङ्कलक तथा सम्पादक गणेश घिमिरे “मर्मिक” लाई “सम्पादक सम्मान” प्रदान गरिएको थियो ।

कार्यक्रमको अवसरमा सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले राखेका थिए भने सञ्चालन हरि घिमिरेले गरेका थिए। यसैगरी पुस्तक समीक्षा साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *